काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडलाई शतप्रतिशत हकप्रद निष्काशनका लागि स्वीकृत गरेको छ । बोर्डले हकप्रदको निष्काशनका लागि शुक्रबार स्वीकृत गरेको हो। कम्पनीले १ः१ को अनुपात अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयर हकप्रद जारी गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । विद्ययुत नियमन आयोगको १८७ औ बैंकले कम्पनीको हकप्रद निष्काशन गर्न स्वीकृत गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।