free website hit counter

आइएमई लिमिटेडले माग्यो आईपीओ निष्काशनको अनुमति

beemaadmin
२०८० श्रावण १, सोमबार

काठमाडौं । सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै आइएमई लिमिटेड नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले असार २९ गते आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले जारी पूँजी १ अर्ब रूपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा अनुमति मागेको छ । आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत हुदै आएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु लिमिटेड क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार

भन्सार दरले घटायाे सुनकाे मूल्य

beemaadmin
२०८१ मंसिर १०, सोमबार

जीवन विकास लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८१ मंसिर ९, आईतवार

ह्वात्तै बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ मंसिर ९, आईतवार