free website hit counter

आरएसडीसी लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८० श्रावण ३, बुधबार

काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म खुद नाफा ५.७१ प्रतिशतले बढाएको छ। सार्वज्निक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा १० करोड ५ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिसम्म संस्थाले सञ्चालन मुनाफा १५ करोड ९२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १५ करोड ४ लाख रुपैयाँ रहेको थियो। संस्थाले खुद ब्याज आम्दानीबापत २८ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २३ करोड ९० लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिसम्म संस्थाले ५ अर्ब ८२ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले ४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। संस्थाको रिजर्भको आकार २१।६१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ९ करोड ५० लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर ११ करोड ५५ लाख रुपैयाँको उचाइमा पुगेको छ। संस्थाको खराब कर्जा अनुपात ९एनपीएल० बढेर १।२२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०।४९ प्रतिशत रहेको छ। एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ९ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ७ करोड १८ लाख रुपैयाँ रहेको थियो।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार