free website hit counter

एनआईसी एशिया बैंकको खुद नाफा साढे ४ अर्ब बढी

beemaadmin
२०८० श्रावण २१, आईतवार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकले साढे ४ अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी, हाल सञ्चालनमा रहेको वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ। यो २० वटै वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै हो। यसपश्चात स्ट्याण्डर्ड चार्टर्ड बैंकको ईपीएस ३७ रुपैयाँ ३८ पैसा रहेको छ।
चौथो त्रैमासको अन्त्यसम्ममा बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन वार्षिक विन्दुगत आधारमा १० प्रतिशतको वृद्धि हो। बैंकले सो अवधिसम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा २ खर्ब ७१ अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब १४ अर्ब पुर्याउन सफल भएको छ। यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल अर्थात आरओई १७.०७ प्रतिशत रहेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको छ। यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार