free website hit counter

मल्टीपर्पस फाइनान्सको हकप्रद भदौ १० बाट बिक्री खुला

beemaadmin
२०८० श्रावण २५, बिहीबार

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनीले भदौ १० गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरमा कुल १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ। लगानीकर्ताले यो हकप्रद सेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यो हकप्रदमा भदौ ३१ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ। हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत साउन १२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रद सेयरमा खरिद आवेदन दिन पाउनेछन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार