free website hit counter

बिमा रकमका लागि आफ्नै टिपरमा आगो झोसेपछि…

beemaadmin
२०८० श्रावण ३२, बिहीबार

काठमाडौं । लोभले लाभ, लाभले बिलाप त्यसै भनिएको होइन । मासिनलाई पैसाको लोभले अपराध धर्ममा पुर्याउने गरेको छ । चार महिनादेखि बिग्रिएर थन्किएको आफ्नो टिपर मर्मत गर्नुको साटो आफैं आगो लगाइ बिमाको रकम लिन षड्यन्त्र गरेको गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिपरधनी, उनका चालक भाइ र एक जना सहयोगी छन् । काठमाडौंको कोटेश्वर बस्ने रामेछापको मन्थली १२ का ३४ वर्षीय प्रदीपकुमार खत्रीले १३ महिनाअघि प्रदीपले मासिक किस्ता तिर्ने गरी १३ लाख रुपैयाँमा एउटा टिपर किनेका थिए । बा३ख २८९४ नम्बरको उक्त टिपर उनका टीकाथली बस्ने ३३ वर्षीय भाइ भीमसेन खत्रीले चलाइरहेका थिए । उक्त टिपर बिग्रियो, मर्मत गर्न धेरै पैसा लाग्ने भयो । नबनाएपछि टिपर ललितपुरको गोदावरी १२ ठेंचोस्थित नख्खुखोला करिडोर सडकखण्डमा चार महिनादेखि थन्कियो । उनीहरुले मर्मत गराएनन् । एउटा रात उक्त टिपरमा आगो लाग्यो । टिपरमा आगो लगाउने व्यक्तिहरूको खोजी गरी कारबाही गर्न माग गर्दै प्रदीपकुमार खत्री प्रहरी वृत्त चापागाउँमा पुगे । उनले निवेदनमा बिमा प्रयोजनार्थसमेत आवश्यक सिफारिस गरिदिन अनुरोध गरेका थिए । खत्रीले पेस गरेको निवेदनमा प्रहरीलाई शंका लाग्यो । अनुसन्धान अघि बढाउँदा बिमा रकम हात पार्न आफ्नै टिपरमा आगजनी गरेको खुलेको प्रहरीले जनाएको छ । टिपर चलुन्जेल चलाए, बिग्रिएपछि उनीहरु बनाउनेतिर लागेनन्, बरु बिमा रकम हत्याउने योजना बनाए । टिपर सञ्चालक प्रदीपको योजनाबमोजिम रंगबहादुर र भीमसेनको मिलेमतो र संलग्नतामा साउन १२ गते राति सवा १ बजे पेट्रोल छर्केर आगो लगाइएको अनुसन्धानमा खुलेको ललितपुर प्रहरी प्रवक्ता एसपी नवराज कार्कीले बताए । घटना खुलेपछि तीन जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा खत्री दाजुभाइसँगै टीकाथली बस्ने सिन्धुली दुधौली(१४ का २५ वर्षीय रंगबहादुर बुढाक्षेत्री छन् । उनीहरुविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा चलाउन ललितपुर जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार