free website hit counter

पारसले सम्झाएपछि सन्दीप एसियन गेम्स खेल्न चीनतर्फ लागे

beemaadmin
२०८० आश्विन ९, मंगलवार

काठमाडौं । आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने बताएका क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्समा खेल्न चीनतर्फ लागेका छन् । लामिछाने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट साढे १२ बजे उड्नेछन् । यसअघि सन्दीपको मुद्दाको पेशी भएका कारण उनी नेपाली टिमसँगै एसियाडका लागि जान रोकिएका थिए । नेपाली टीम एसियाडका लागि तीन दिनअघि चीन गएको थियो । नेपालले भोलि बुधबार एसियाली खेलकुदको क्रिकेटमा मंगोलियासँग खेल्दै छ । लामिछानेले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने बताएको भएपनि मंगलबार चीन जान राजी भएका छन् । सोमबार बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्काले लामिछानेसँग भेटेर सम्झाएपछि लामिछाने चीन जाने निश्चित भएको हो ।

सम्बन्धित समाचार