काठमाडौं । सरकारले एनसेलको सेयर खरिद बिक्रीबारे विस्तृत छानबिन गर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल गरेलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गरी छानबिन गर्ने बताएको हो । शीर्ष नेताहरूको बैठकले एनसेल सेयर खरीद बिक्रीलाइ शंकाष्पद भनेको थियो । सो बिषय छानवीन समिति बनाएर अघि बढ्ने तयारी भएको हो । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले एनसेलको शेयर खरिदबिक्रीको छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । बैठकले एनसेल खरिदबिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्ने निचोड निकालेको हो । बैठकले एनसेलको खरिदबिक्री नेपालको कानून विपरीत शंकास्पद रहेकोमा नेताहरूले बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले नै एनसेलको खरिदबिक्री प्रचलित कानून बमोजिम नभएको भनेर पसबैले त्यसमा समर्थन गरेको बताए ।