free website hit counter

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

beemaadmin
२०८० पुष ४, बुधबार

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभाश वितरण गर्ने घोषणा गरेको हो। हाल बैकको चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६०० रुपैयाँ छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

सम्बन्धित समाचार