free website hit counter

६३ कराेडकाे आइपीओ निष्कासन गर्दै रिलायन्स लाइफ

beemaadmin
२०७६ पुष ११, शुक्रबार

काठमाडौं। चुक्ता पुँजीको चटारोमा रहेका बीमा कम्पनीहरुले धमाधम प्राथमिक शेयर निष्काशन गर्न लागेका छन् । यसै क्रममा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड रूपैंयाँको प्राथमिक शेयर निस्कासन गर्ने भएको छ। कम्पनीले प्रति शेयर सय रूपैंयाँको दरमा ६३ लाख कित्ता सर्वसाधारणको लागि निस्कासन गर्ने छ। यसमा केही प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानी कोषका लागि सुनिश्चित गरिएको बताइन्छ ।
स्थापना भएको दुई वर्षमै ८८ वटा शाखा विस्तार गरेको कम्पनीले ९ हजार २ सय अभिकर्ता तयार गरिसकेको दाबी गरेको छ । संस्थापक समुह बलियो भएकाले पनि यस बीमामा जनआकर्षण समेत बढेर गएको बताइन्छ । गत आर्थिक वर्ष ६२ करोड ८० लाख रूपैंयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा भने १८ करोड १० लाख रूपैंयाँ आर्जन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको साधारणसभाबाट प्राथमिक शेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीको प्रमुख शेयरधनी सिद्धार्थ बैंकको मात्रै १८ प्रतिशत स्वामित्व छ। यसले गर्दा बैंकको एकजना प्रतिनिधि कम्पनीको सञ्चालक हुने व्यवस्था छ।
त्यस्तै संस्थागत लगानीकर्ताका रूपमा अग्नि होल्डिङ, एमसी ग्रुप, केडिया अर्गनाइजेसन, रिलयान्स ग्रुप र शिवशक्ति ग्रुप लगायतका समुह छन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार