free website hit counter

सेवोनले नेतृत्व नपाउँदा २७ अर्बको आईपीओ रोकियो

beemaadmin
२०८० फाल्गुन ५, शनिबार

काठमाडौं । नियामक नियका धितोपत्र बोर्ड नेतृत्वबिहीन बन्दा विभिन्न ३४ वटा कम्पनी आईपीओ निष्काशन पाइपलाइनमा अड्किएका छन् । नेपाल धितोपत्र बोर्डको फागुन ३ गते विहीबारसम्मको तथ्याङ्क अनुसार ती कम्पनीहरुले २७ अर्ब ५२ करोड ८ लाख ६२ हजार २ सय ३३ रुपियाँ बराबरको १६ करोड ६१ लख ९८ हजार २ सय ९७ कित्ता आईपीओ निष्काशनका लागि आवेदन दिएका छन् । डिस मिडिया नेटवर्क, याम्बालिङ हाइड्रो, एपेक्से हस्पिटालिटी, एसवाई प्यानल, अर्किड होल्डिङ्स, विकास हाइड्रो, रिज लाइन इनर्जी, लाफिङ बुद्ध पावर, ह्याम्स हस्पिटल, सौर्य सिमेन्ट, अन्नपूर्ण केबल कार, बरुण इन्भेष्टमेन्ट, मारुती सिमेन्ट, कालिञ्चोक हाइड्रो, रिलायन्स स्पिनिङ, स्वस्तिक लघुवित्त, हिम रिभर पावर र पियोर इनर्जीले आईपीओ निष्काशन लागि आवेदन दिएका छन् । त्यसैगरी बेनी हाइड्रो, एक्कर्ड फर्मास्यूटिकल, ट्रेड टावर, सानिमा हाइड्रो, कान्तिपुर टेलिभिजन, आईएमई लिमिटेड, भुजुङ हाइड्रो, जगदम्बा स्टिल, सोलु हाइड्रो, सान्भी इनर्जी, हिमस्टार उर्जा, रिचेत जलविद्युत, होटल फरेस्ट, माबिलुङ इनर्जी, टक्सार पिखुवाखोला हाइड्रो र दरम खोला हाइड्रो आईपीओ निष्काशनको पाइपलाइनमा रहेका छन् । यी ३४ कम्पनी मध्ये ह्याम्स हस्पिटल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, रिलायन्स स्पिनिङ र जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आईपीओ निष्काशनका लागि सेबोनमा आवेदन दिएका हुन् । पछिल्लो पटक पियोर इनर्जीले आईपीओ निष्काशनको अनुमति माग्दै गत माग २८ गते सेबोनमा आवेदन दिएको हो । चालु आर्थिक वर्ष २०८०÷८१ को साता महिनामा ७ वटा कम्पनीले मात्रै आईपीओ निष्काशनको अनुमति पाएका छन् । पछिल्लो पटक पुस १९ गते रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको थियो । चालु आवमा आईपीओ निष्काशनको अनुमति पाउने अन्य कम्पनीहरुमा सोनापुर मिनिरल्स, भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वायर हाउजिङ कम्पनी, सर्वोत्तम सिमेन्ट र हिमालयन रि इन्स्योरेन्स हुन् । सेबोनको अध्यक्षमा २०७८ फागुन ५ गते नियुक्त भई २०८० पुस २० गते कार्यकाल पूरा गर्दै रमेश हमाल बाहिरिए पछि उक्त पद रिक्त रहेको छ । अध्यक्ष पद रिक्त भएसँगै आईपीओ निष्काशनको अनुमति प्रदान गर्ने कार्य पनि ठप्प भएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार