free website hit counter

गठबन्धनकै पक्षमा आए महामन्त्री थापा

beemaadmin
२०८० फाल्गुन ८, मंगलवार

काठमाडौं । गठबन्धनको विपक्षमा देखिएका महामन्त्री गगन थापा वर्तमान सत्ता गठबन्धनलाई नै बलियो बनाएर अघि बढ्न सहमत भएका छन् । गत चुनावमा गठबन्धनबाटै मत मागेर गठबन्धनको बहुमत आएकाले वर्तमान सरकारलाई नै निरन्तरता दिने सहमति सभापति देउवा र महामन्त्री थापाबीच भएको हो।
महासमिति बैठकमा महामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रस्तावमा आउँदो चुनावमा कांग्रेस एक्लै चुनाव लड्नेगरी पार्टीलाई बलियो बनाउने सहमति भइसकेको भए पनि हाललाई सोही गठबन्धन सरकारलाई बलियो बनाउने विषयमा सोमबार मध्यराति सहमति भएको ती नेताको दाबी छ। त्यसैका लागि सोमबार साँझ कांग्रेसको बैठकस्थलबाटै सभापति देउवा र पूर्ण खड्का बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटेका थिए। त्यसपछि वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने कुरामा महामन्त्री थापा सहमत भएका हुन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार