free website hit counter

माधव नेपाललाई फकाउने प्रयास

beemaadmin
२०८० फाल्गुन २२, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरूबीच सोमबार बेलुकी कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको हो। बालुवाटारमा नयाँ गठबन्धनको बैठक चलिरहँदा प्रचण्ड माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर बालुवाटारबाट कोटेश्वर प्रस्थान गरेका थिए। मन्त्रीहरूको सपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक जारी छ। दाहाल माधव नेपाललाई गठबन्धनमा सामेल गर्ने उद्देश्यका साथ त्यहाँ प्रस्थान गरेको बताइएको छ। एक नेताका अनुसार दाहाल समाजवादीलाई भरसक गठबन्धनमा सामेल गराउन चाहन्छन्। यद्यपि, आजै समाजवादीले आफ्ना मन्त्रीलाई सरकार छोड्न निर्देशन दिइसकेको थियो। यो गठबन्धन कम्युनिष्ट शक्तिहरूबीच बृहत्तर एकताका लागि बनेको हो, त्यसैले प्रधानमन्त्री एकीकृत समाजवादीलाई पनि सँगै लिएर हिँड्न चाहनुहुन्छ, ती नेताले भने। बालुवाटारमा सत्तारुढ गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंग्याउने विषयमा बैठक चलिरहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार