free website hit counter

सत्ता अघि बढाउने आठ बुँदा

beemaadmin
२०८० फाल्गुन २२, मंगलवार

काठमाडौं । बालुवाटारमा जारी नयाँ गठबन्धनका चार राजनीतिक दलबीच लिखित सहमति भएको छ। सोमबार साँझबाट चलेको चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको स्रोतले बतायो। बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी थिए। राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने बैठकमा चार दलबीच सहमति भएको स्रोतले बतायो। राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उठाउने तयारी गरेको छ। सोमबारै चार दलबीच नयाँ गठबन्धन बनेको थियो। गठबन्धन बनेसँगै माओवादी, रास्वपा र एमालेका तीन मन्त्रीले सपथ खाइसकेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार