काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको पदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९–८० का लागि प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा चुक्तापुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँबराबरको नगद लाभांश छन्। सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको १०:८ अर्थात १० शेयरबराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको छ । कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ । सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीतर्फको रिक्त रहेको १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गरेको छ । सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।