free website hit counter

सुनको भाउ यस्तरी बढ्नुको के हो कारण ?

beemaadmin
२०८० फाल्गुन २४, बिहीबार

काठमाडौं । सुनको भाउमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ। विगत केहि दिनदेखि सुनको भाउ लगातार बढेर दैनिक नयाँ उचाँइमा पुगिरहेको छ। बिहीबार पनि सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर हालसम्म्कै उच्च मूल्यमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको थियो। बिहीबार पुनः सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो। यस्तै बिहीबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ४७० रुपैयाँ पुगेको महासँघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४४० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा छ। यसले गर्दा नेपालमा पनि सुनको भाउ बढेको हो। केहि समययता अमेरिकि केन्द्रिय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाउने चर्चासँगै डलरको भाउ घटेको छ। यसले गर्दा सुनको भाउ बढ्दै गएको हो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार