free website hit counter

अन्याय सह्यो भने हेपिनुपर्छ : समीक्षा अधिकारी

beemaadmin
२०८० फाल्गुन २५, शुक्रबार

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पखेटा फिँजार उड्न चाहँदा आफूलाई बतास बनेर उडाएर लैजान खोज्नेहरु धेरै भेटिएका चर्चित गायिका समिक्षा अधिकारीले बताएकी छिन्। त्यसबाट आफूले ठूलो शिक्षा प्राप्त गरेको उनको भनाई छ।
आफूले धेरै अप्ठ्यारा परिस्थितिको सामना गरेर अघि बढेकाले आजभोलि आफू लडाकु जस्तै बनेको समीक्षाले बताएकी छिन्। यो लेख्दै गर्दा गाउँमा ममीले घाँस काट्दै हुनुहुन्छ होला। बिहान बेलुकीको घरधन्दा, गाईबस्तु र छोराछोरी। मेरो परिवारको धेरै ठूला सपनाहरु थिएनन्। छैनन् पनि। साँघुरो सपनाहरुबाट फैलिन चाहनु मेरो के गल्ति थियो र ? उनले सामाजिक सञ्जालमा लेखेकी छन्, म त पखेटा फिँजाएर उड्न चाहन्थेँ। तर, बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए। नेपाली समाजमा छोरी र नारीलाई हेर्ने दृष्टिकोण नफेरिएको भन्दै उनले अन्याय, अच्याचार नसहन पनि आग्रह गरेकी छन्। समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक पटक पार्‍यो। धेरै पटक मार्‍यो। तर पनि उठेँ। हिम्मत हारिनँ। हार्ने पनि छैन। आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ। अन्याय जति सह्यो त्यति नै हेपिनुपर्दो रहेछ। त्यसैले अन्यायकाबिरुद्ध लड्ने तागत सम्पूर्ण महिलाहरुमा आफैँबाट आवोस् भन्ने कामना–सुझावसहित अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण दिदीबहिनी, आमा–आन्टीहरुमा शुभकामना व्यक्त गर्दछु ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार