free website hit counter

घर र ५० लाख दिएर राजेशले गरे सम्बन्धविच्छेद

beemaadmin
२०८० चैत्र २३, शुक्रबार

काठमाडौं । गायन क्षेत्रमा एकछत्र राज गरेका चर्चित गायक राजेश पायल राईले सम्बन्धविच्छेद गरेका छन्। औपचारिक कार्यक्रम नगरी विवाह गरेकी आफूभन्दा २६ वर्ष कान्छी श्रीमती साङ्बुङ राईसँग गत चैत १५ गते आपसी सहमतिमै काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका हुन्। दुवै जनाले आपसी सहमतिमा न्यायाधीश पदमप्रसाद पाण्डेको इजालसमा सम्बन्धविच्छेद गरेका हुन्। सम्बन्धविच्छेदका क्रममा गायक राजेशपायलले साङबुङलाई नक्सालमा तीनआना जग्गामा बनेको करिब ५ करोड मूल्यको घर दिएका छन्। त्यसैगरी सम्बन्धविच्छेदका क्रममा उनले साङबुङलाई ५० लाख रुपैयाँ नगद पनि दिने सहमति अदालतमै गरेका छन्। राजेशपायलले आफू र साङबुङको सम्बन्धबाट जन्मिएको छोरालाई १८ वर्षको उमेर नहुन्जेलसम्मलाई मासिसक १५ हजार रूपैयाँ दिने भएका छ्न्। केही वर्षदेखि राजेश र साङबुङ लिभइन टुगेदरमा बस्दै आएका थिए। राजेशले साङबुङसँगको सम्बन्धबारे खुलाएका थिएनन्। उनले आफूलाई सञ्चारमाध्यममा अविवाहित पुरुषका रुपमा चिनाउँथे।तर साङबुङले नै राजेशसँग आफ्नो बिहे भएको र आफूहरूको सम्बन्धबाट एकजना छोराको पनि जन्म भएको सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्।

सम्बन्धित समाचार