free website hit counter

सुनको मूल्य बढ्नुको यस्तो छ कारण

beemaadmin
२०८० चैत्र २४, शनिबार

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको मूल्यले आफ्नै रेकर्डलाई दिनदिनै भत्काउँदै नयाँ उचाईका पुगेको छ । बिहीबार सुन तोलाकै १ लाख ३४ हजार रूपैयाँमा कारोबार भयो यो हालसम्मकै महंगो मूल्यमा भएको कारोबार भयो । यस साता सुनको मुल्य बढेको छ । साताको पहिलो दिन सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँमा खरिदबिक्री भएको थियो । आइतबारको तुलनामा सोमबार पनि मुल्य बढेकोमा मंगलवार सामान्य घटेको थियो । यसैगरी, बुधबारदेखि पुनः बढेर विहीबार हालसम्मकै उच्च अर्थात प्रतितोला एक लाख ३४ हजार रूपैयाँ पुग्यो । साताको अन्तिम कारोबार भएको दिन शुक्रबार भने मुल्य सामान्य घटेर प्रतितोला एक लाख ३२ हजार ७०० रूपैयाँ झर्यो । पहिलो दिनको तुलनामा पछिल्लो दिन अर्थात शुक्रबारको मुल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढी हो । यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि रेकर्ड कायम गरेको छ । साताको दोस्रो दिन सोमबार प्रतितोला एक हजार ५२५ रुपैयाँ कायम रहेको थियो । यो मुल्य पाँचौं दिन बिहिबार रेकर्ड कायम गर्दै प्रतितोला एक हजार ६५० रुपैयाँमा किनबेच भयो जुन शुक्रबार सामान्य घटेर प्रतितोला एक हजार ६१५ रुपैयाँमा झरेको हो । अन्तरराष्ट्रिय बजारमा पनि यो साता सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन सामान्य घटेको मुल्य त्यसपछिका दिनमा क्रमशः बढेर साताको पाँचौं दिन अर्थात् शुक्रबार भने हालसम्मकै उच्च मुल्य कायम भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यका अनुसार अमेरिकी रिजर्ब बैंकको नीतिका कारण सुनको भाउमा वृद्धि देखिएको हो । यसका साथै अमेरिकी डलरको मुल्यमा देखिएको मजवुती पनि मूल्य वृद्धिको अर्को कारण रहेको छ । यसैमा द्धन्द तथा चीनले सुनमा बढाएको लगानी लगायतका कारणले पनि सुनको मुल्य उचाइमा पुगेको बिश्लेषकहरुले बताएका छन्।

सम्बन्धित समाचार