free website hit counter

यी हुन् राष्ट्रियसभामा नेकपाका उम्मेदवार

beemaadmin
२०७६ पुष १८, शुक्रबार

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारहरु टुंगो लगाएको छ । राष्ट्रियसभा निर्वाचन आगामी माघ ९ गते हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार यही पुस २० गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो ।

शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता तथा गोरखाबाट डा. बाबुराम भट्टराईसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ ।

प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् ।

प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान छन् ।

प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल छन् ।

गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपाने उम्मेदवार छन् ।

यस्तै प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई उम्मेदवार छानिएका छन् ।

कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु
प्रदेश नम्बर १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी

प्रदेश नम्बर २
तुलसा दाहाल
राधेश्याम पासवान

प्रदेश नम्बर ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल

गण्डकी
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ

प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा

कर्णाली
सुमित्रा बिसी
मायाप्रसाद आचार्य

सुदूरपश्चिम
तारामान स्वाँर
शारदा भट्ट

सम्बन्धित समाचार