free website hit counter

सानिमा रिलायन्सद्वारा घातक रोग बापत ५० लाख रुपैयाँ भुक्तानी

beemaadmin
२०८१ जेष्ठ १४, सोमबार

काठमाडौं । आफ्ना बीमितलाई घातक रोग देखिएपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले बीमित संजय कोजुको कार्यालय धुलिखेल नगरपालिका ६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीको बरिष्ठ एजेन्सी म्यानेजर सिओटी एनबि गुरुङ मार्फत हस्तान्तरण गरेको हो। कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, एरिया म्यानेजर सनी खाछे श्रेष्ठ, एमडिआरटी सन्तोष श्रेष्ठ,मार्केटिङ अफिसर सुनिता केसी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। बीमित कोजुको हृदयघातको कारण धुलिखेल अस्पतालमा उपचार गरिएको हो। उपचारमा करिब ७ लाख रुपैयाँ खर्च रहेको जनाइएको छ ।

सम्बन्धित समाचार