free website hit counter

इन्स्योरेन्स ट्रेनिङ्ग इन्स्टिच्यूटमा पौडेललाई निरन्तरता

beemaadmin
२०७६ पुष १९, शनिबार

काठमाडौं । इन्स्योरेन्स ट्रेनिङ्ग इन्स्टीच्यूट, नेपालको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सम्पन्न सो साधारण सभाले आईटीआई सञ्चालक समितिको अध्यक्षमा  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई निरन्तरता दिएको छ । सञ्चालक समितिका सदस्यहरुमा जीवन बीमा तर्फबाट नेपाल लाइफका सीईओ विवेक झा र सूर्या लाइफका सीईओ सूर्यनाथ पाण्डे चयन भएका छन् भने निर्जीवन बीमातर्फ नेपाल इन्स्योरेन्सका सीईओ विजयबहादुर शाह र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई रहेका छन् ।

बीमा समिति मातहत रहने गरी इन्स्योरेन्स ट्रेनिङ्ग इन्स्टीच्यूट  (आईटीआई) गत वर्ष स्थापना भएका भएको थियो । गत आर्थिक वर्षको प्रतिबेदन अध्यक्ष पौडेलले पेश गरे । उनले भारतीय बीमा सम्बन्धी इन्स्टिच्यूट आईआईआईसँग सहकार्य गर्ने सम्झौता भएको समेत जानकारी गराए । साधारणसभाले एक करोड रुपैयाँ रहेको चुक्ता पूँजी ५ करोड पुर्याउने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचार