free website hit counter

कृषि तथा पशुपंक्षी बीमाका लागि कुन जिल्लामा कुन बीमा कम्पनी छानिए

beemaadmin
२०७६ पुष १९, शनिबार

काठमाडौं । सरकारले कृषि तथा पशुपक्षी बीमामा प्रिमियमको ७५ प्रतिशत अनुदान दिएर कृषि तथा पशुपक्षी व्यवसायलाई सुरक्षित गर्ने अभियान अन्तर्गत जिल्ला तोकेर व्यवसाय विस्तार गर्न निर्देशन दिएको छ । नियमनकारी निकाय बीमा समितिले र्निजीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि निर्देशन दिएको हो । बाली तथा पशुपन्छी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नको लागि यस्तो निर्देशन दिएको हो । बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बीमा समितिले ७७ वटै जिल्ला तोकेरै बीमा कम्पनीहरुलाई जान निर्देशन दिएको छ । काठमाडौं र भक्तपुरमा भने सबै कम्पनीले आफ्नो इच्छा अनुसार सेवा विस्तार गर्न सक्ने व्यवस्था मिलाइएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईले नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय विस्तार र सरकारले किसानहरुलाई दिने बीमा अनुदानको प्रभावकारी कार्यान्वयनका लागि समितिले यस्तो निर्देशन दिएको हो ।

त्यस्तै समितिले बीमा कम्पनीहरुलाई गाउँगाउँमा घुम्ती सेवा मार्फत कृषि, बाली तथा पशुपन्छी बीमा सम्बन्धी सेवा उपलब्ध गराउन समेत निर्देशन दिएको छ । समितिले गाउँगाउँमा कार्यालय खोलेर सेवा दिन उपयुक्त नभएमा स्थानीय तहसँग सहकार्य गरी बीमाको सुविधा दिने अभियान नै सञ्चालन गरिएको बताइएको छ । तोकिएको जिल्लामा अनिवार्य घुम्ती सेवा उपलब्ध गराउन पनि समितिले सबै बीमा कम्पनीलाई निर्देशन दिइसकेको छ । अध्यक्ष चापागाईले यसबाट कृषि बीमाको पहुँच सबैठाउँमा पुग्ने र सरकारले कृषिका लागि दिएको बीमा अनुदानको उपयोग हुने समेत बताए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार