free website hit counter

आजैबाट अनुसन्धान थाल्न रवि लामिछानेको आग्रह

beemaadmin
२०८१ असार ३०, आईतवार

काठमाडौं । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि आजैबाट अनुसन्धान गर्न आग्रह गरेका छन्। मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आफू मन्त्री भएर अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न आग्रह गरेका हुन्। मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन। न कसैको सरुवा गर्नुस् भनेको छु, न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु, उनले भने, तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस्। यस्तै उनले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको अनुसन्धानको अन्त्यन्तै नजिक पुगेको दाबी गरे। उनले थपे, निर्मला पन्तको अनुसन्धानको विषयाम अन्त्यन्त नजिक पुगेका छौँ। सुरक्षा निकायलाई थाहा छ कि हामी कति नजिक पुगेका छौँ। मलाई क्रेडिट चाहिँदैन, क्रेडिट सबै नेपाल प्रहरीले लियोस्। यस्तै जीबी राईलाई नेपाल झिकाउने विषयमा मलेसियाका गृहमन्त्रीसँग भएको छलफल भएको बताए। आफ्नो कार्यकालम हुन नसके पनि हुनै नसक्ने काम भने नभएको उनको भनाइ थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार