free website hit counter

मौद्रिक नीति आज नआउने

beemaadmin
२०८१ श्रावण ४, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षका लागि नेपालको केन्द्रिय बैंकले ल्याउने मौद्रिक नीति आज सार्वजनिक नहुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई मौद्रिक नीतिबाट ब्रिफिङ गर्नु परेका कारण आज मौद्रिक नीति सर्वाजनिक नहुने बताइएको छ। नयाँ सरकार गठनपछि प्रधानमन्त्री बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री तथा गभर्नर डा. खतिवडालाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका थिए। उनलाई मौद्रिक नीति ब्रिफिङ गर्नु परेकोले आज तय भएको मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम स्थागित भएको हो। मौद्रिक नीति सार्वजनिक गर्न आज बिहान सञ्चालक समितिको बैठक बोलाइएको थियो। तर सो बैठकमा राखिएको मौद्रिक नीतिको एजेण्डा भने हताइएको स्रोतले बताएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार