free website hit counter

गुराँस लघुवित्तले नाफामा मार्यो छलाङ

beemaadmin
२०८१ श्रावण १३, आईतवार

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानीमा राम्रो सुधार देखिएको छ । संस्थाले गत आव २०८०–८१ को चौथो त्रैमाससम्ममा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले १६ लाख ७६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा १ हजार ४४९ प्रतिशतले बढेको छ । संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ५ करोड ६० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिसम्म संस्थाले ३ करोड ६० लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा १ हजार ४१८ प्रतिशतले बढी हो । यस्तै संस्थाको कमिशन आम्दानी ३० लाख ९३ हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी २ करोड ९६ लाख रुपैयाँ रहेको छ । संस्थाको कर्मचारी खर्च ७.६१ प्रतिशतले बढेर ५ करोड ५६ लाख र अन्य सञ्चालन खर्च पनि १६.६८ प्रतिशतले बढेर २ करोड ३९ लाख रुपैयाँ पुगेको छ । यस्तै संस्थाको रिजर्भको आकार ११४.६० प्रतिशतले बढेर ४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ३४ करोड ९४ लाख र कर्जा प्रवाह १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ६।३६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.४६ प्रतिशतमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २५.६१ रुपैयाँ,प्रतिसयर नेटवर्थ १४६.५२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७५८.६६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७१.२२ गुणा र तरलता अनुपात ६.५१ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार