free website hit counter

डलर कमजोर बन्दा सुनको भाउ आकासियो

beemaadmin
२०८१ भाद्र ५, बुधबार

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम गरेको छ । केही दिनअघि पहिलापटक प्रतिऔंस २५ सय डलरको आँकडा पार गरेको सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको हो । सुनको मूल्य अघिल्लो कारोबार सेशनमा २ हजार ५३१ डलर पुगेर नयाँ रेकर्ड कायम गरेको हो । अहिले भने अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.५९ प्रतिशत अर्थात १४।६५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ५१८.४३ डलरमा कारोबार भईरहेको छ । अमेरिकी डलर कमजोर बन्दा र अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना बलियो बन्दा सुनको मूल्य वृद्धि भएको हो । यो वर्ष सुनको मूल्य २० प्रतिशतभन्दा बढीको वृद्धि भईसकेको छ । विश्वका केन्द्रीय बैंकहरुले ब्याजदरका कटौती गरेका बेला लगानीकर्ताले सुनलाई सुरक्षित लगानीको रुपमा लिने गर्छन् । अमेरिकी डलर ७ महिनाकै न्यून विन्दुमा झरेपछि र अमेरिकी बोन्डको प्रतिफल समेत घटेपछि लगानीकर्ताले सुनको खरिद बढाएसँगै मूल्य वृद्धि भएको विज्ञहरुले बताएका छन् । अमेरिकामा फेडरल रिजर्भले आगामी महिना २५ बेसिक प्वइन्टले ब्याजदरमा कटौती गर्न सक्ने अनुमान गरिएको छ । यस्तै आज चाँदीको मूल्य पनि ०.१० डलरले बढेर प्रतिऔंस २९.२१ डलर कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार