free website hit counter

नेपाल इन्स्योरेन्सका डीसीईओ पोखरेलको कार्यकाल ४ वर्ष थप

beemaadmin
२०८१ भाद्र १९, बुधबार

काठमाडौं । वित्तीय क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव संगालेका ईश्वर पोखरेललाई नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिले डीसीईओ पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो । थप भएको कार्यकाल भदौ १६ गतेदेखि लागू हुनेछ । पोखरेलसँग साबिक युनाइटेड इन्स्योरेन्समा महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष काम गरेको अनुभव छ । त्यस्तै, उनले नेपाल एसबिआई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंकमा पनि काम गरेका थिए । पोखरेलसँग बीमा र बैंकिङ क्षेत्रमा साढे २ दशकभन्दा बढीको लामो अनुभव छ ।

सम्बन्धित समाचार