free website hit counter

सात दिनपछि बल्ल उच्च अंकले बढ्यो नेप्से

beemaadmin
२०८१ भाद्र २७, बिहीबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । बिहीबार ७८ अंकले बढ्दै परिसूचक २६८८ बिन्दुमा उक्लिएको हो । यसअघि भदौ १८ गते नेप्से ६.९४ अंकले बढेको थियो । त्यसपछिका ७ कारोबार दिनपछि बिहीबार बजार उच्च अंकले उकालो लागेको हो । बिहीबार २२९ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार कारोबार रकममा पनि केही सुधार देखिएको छ । कुल ३१८ कम्पनीको १ करोड ९४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो । बिहीबार सामूहिक लगानी कोष उपसमूहको सूचक ०.०९ प्रतिशतले घटेको छ । बाँकी सबै उपसमूहको सूचक बढेको छ ।

सम्बन्धित समाचार