काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले असोज २० गतेका लागि २७औं वार्षिक साधारणसभा बोलाएको छ । सभा, जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेदेखि बस्नेछ । सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ । वार्षिकसहित लेखापरीक्षकको प्रतिवेदनलगायत अन्य वित्तीय विवरण पारित तथा चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ । सभा प्रयोजनार्थ होटलले असोज ७ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । तसर्थ असोज ६ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।