free website hit counter

शतप्रतिशत हकप्रद जारी गर्दै साहस उर्जा, लाभांश पनि घोषणा

beemaadmin
२०८१ आश्विन २, बुधबार

काठमाण्डौ । साहस उर्जा लिमिटेले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो । बैठकले आव २०८०–८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ८.८२१ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ । यस्तै बैठकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले लाभांश र हकप्रदको अजेण्डा पारित गर्न आगामी कात्तिक ४ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीले एकैपटक ४ वटा आवको साधारण सभा आयोजना गर्ने भएको हो । उक्त सभाहरु काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा लाभांश र शतप्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित हुनेछ । यस्तै परियोजनाको लागि लिइएको थप ऋण अनुमोदन गर्ने, कम्पनीको १० अर्ब पुग्ने अधिकृत पूँजीलाई प्रतिसेयर रु।१०० का दरले १० करोड थान साधारण सेयरमा विभाजन गर्ने र ७ अर्ब ५६ करोड पुग्ने जारी पूँजीलाई प्रतिसेयर रु. १०० का दरले ७ करोड ५६ लाख थान साधारण सेयरमा विभाजन गर्ने विशेष प्रस्ताव पारित हुनेछ । यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७–०७८, २०७८–०७९, २०७९–०८० र २०८०–०८१ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७–०७८, २०७८–०७९, २०७९–०८० र २०८०–०८१ को लेखा परिक्षण प्रतिवेदन सहितको वित्तीय विवरण ( वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत) र आर्थिक वर्ष २०८१–०८२ को लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

सम्बन्धित समाचार