काठमाडां । बुधबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले निरन्तर रेकर्ड बनाउन थालेको आज चौथो दिन हो । बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आईतबारदेखि सुनको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको हो । आईतबार सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँ र सोमबार प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदीको मूल्यले पनि नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ । यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो । यसभन्दा पहिले चाँदीको मूल्यले जेठ ७ गतेको रेकर्ड बनाएको हो । सो दिन चाँदीको मूल्य एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।