free website hit counter

नेष्डो समृद्ध लघुवित्तद्वारा बीमा दाबी भुक्तानी

beemaadmin
२०८१ आश्विन १९, शनिबार

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एकैपटक दुईवटा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको विरौटा शाखाले सदस्य आरती विश्वकर्मा र मैया सार्कीको निधनपछि बीमा वापतको रकम निजहरुको हकवालालाई हस्तान्तरण गरेको हो । संस्थाले स्व।आरती विश्वकर्माको हकवालालाई बीमा दाबी वापत ५ लाख ४ हजार रुपैयाँ र स्व मैया सार्कीको हकवालालाई ६७ हजार ५६४ रुपैयाँ बराबरको चेक भुक्तानी गरेको हो । स्व आरती विश्वकर्मा २०६९ पुष १७ गते संस्थामा आबद्ध भएकी थिइन् । उनले संस्थाबाट ३ लाख ४० हजार रुपैयाँ कर्जा लिएकी थिइन् । त्यसमा निजको किरिया खर्च वापत ३४ हजार रुपैयाँ र बीमा रकम ३ लाख ४० हजार रुपैयाँ गरी कुल ७ लाख १४ हजार रुपैयाँमा उनले तिर्न बाँकी २ लाख ६० हजार रुपैयाँ कटौती गरी ५ लाख ४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको विरौटा शाखा प्रमुख लक्ष्मी गाहाले बताईन् । त्यस्तै, संस्थाले स्व।मैया सार्कीको निधनपछि उनको हकवालालाई बीमा दाबी वापत ६७ हजार ५६४ रुपैयाँ भुक्तानी गरेको छ । स्व। सार्की २०७० असोज २२ गते संस्थामा आबद्ध भएकी थिइन् । उनले संस्थाबाट कुल १० हजार रुपैयाँ कर्जा लिएकी थिइन् । संस्थामा उनले ५८ हजार ८०० रुपैयाँ बचत गरेकी थिइन् । त्यसमा बीमा वापत १० हजार रुपैयाँ र किरिया खर्च वापत १ हजार रुपैयाँ गरी कुल ५९ हजार ८०० रुपैयाँमा उनले तिर्न बाँकी रहेको १७१२ रुपैयाँ कटौती गरी कुल ६७ हजार ५६४ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको गाहाले बताईन् ।

सम्बन्धित समाचार