free website hit counter

राष्ट्रपति पौडेलले दिउँसो ३ बजेदेखि ५ बजेसम्म दशैंको टीका लगाइदिने

beemaadmin
२०८१ आश्विन २६, शनिबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म दशैंको टीका लगाइदिने भएका छन् । टीकाको कार्यक्रम राष्ट्रपति भवन शीतलनिवासमा हुनेछ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई तथा साढे ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइदिने गरी समय निर्धारण गरिएको छ । राष्ट्रपति पौडेल ११ः३६ बजेको शुभसाइतमा ९४ वर्षीय दाजु डुण्डीराज पौडेल र गुरु पुरोहितबाट टीका लगाउने छन् ।

सम्बन्धित समाचार