कठमाडौं । कात्तिक ६ गते, मंगलबार, पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । त्यस्तै, यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त कायम सुनको मूल्य हालसम्मकै उच्च हो । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले निरन्तर छैटौं दिन पनि नयाँ रेकर्ड बनाएको हो । यस दिन चाँदीको मूल्य पनि नयाँ उचाईमा पुगेको छ । यस दिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९य रुपैयाँमा खरिदबिक्री भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर तेस्रो दिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो ।