free website hit counter

रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै

beemaadmin
२०८१ कार्तिक २५, आईतवार

काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई चौथो पटक म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै छ । यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदैछ । रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । कात्तिक १५ गतेबाट लागू हुने गरी २० गते थपिएको म्याद सकिएसँगै आज अदालत उपस्थित गराउन लागिएको हो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । उता रास्वपाले सभापतिको पक्राउविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार