काठमाडौं । मंसिर ७ गते, शुक्रबार, नेपाली बजारमा डलरको मूल्य पुनः नयाँ उचाइमा पुगेको छ। यस दिन डलरको मूल्यले मंसिर ५ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३५ रुपैयाँ ५० पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ९० पैसा रहेको छ। बुधबार डलरको यस्तो दर क्रमशः १३५ रुपैयाँ ३७ पैसा र १३४ रुपैयाँ ७७ पैसा थियो। अघिल्लो दिनको तुलनामा यस दिन डलरको मूल्य १३ पैसा बढेको हो।
त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ १५ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७८ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ ५४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३० पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३० पैसा र बिक्रीमा ९६ रुपैयाँ ७२ पैसा पाइन्छ। यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३७ रुपैयाँ १३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ १४ पैसा र बिक्रीमा ३० रुपैयाँ २७ पैसा पाइन्छ।