free website hit counter

निरन्तर पाँचौ दिन पनि बढ्यो सुन

beemaadmin
२०८१ मंसिर ७, शुक्रबार

काठमाडौं । मंसिर ७ गते, शुक्रबार, सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर पाँचौ दिन बढेको हो । यस दिन चाँदीको मूल्य भने घटेको छ । चाँखीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार