free website hit counter

ह्वात्तै बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ मंसिर ९, आईतवार

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य विगत २ साताको अवधिमा पहिलोपटक २७ सय डलर पार गरेको छ । यससँगै सुनको मूल्य पछिल्लो २ वर्षकै उच्च साप्ताहिक वृद्धितर्फ उन्मुख भएको छ । अन्य मुद्राको तुलनामा डलरको भाउ बलियो बन्दा र आगामी महिनाका लागि अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्नसक्ने सम्भावना कम हुँदा सुनको मूल्य बढेको हो । पछिल्लो कारोबारमा सुनको मूल्य १.५९ प्रतिशत अर्थात ४२.५२ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ७१५ डलर कायम भएको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस १.५७ प्रतिशत अर्थात ०.४९ डलरले बढेको छ । चाँदी यतिबेला प्रतिऔंस ३१.३४ डलरमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार