free website hit counter

आइएमई लाइफको नयाँ बोनसदर सार्वजनिक

beemaadmin
२०८१ माघ २, बुधबार

काठमाण्डौ । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०८०÷८१ का लागि कम्पनीबाट जारी भएका विभिन्न बीमालेखका लागि नयाँ बोनसदरको घोषणा गरेको छ । कम्पनीले गत आवको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुनेगरी नयाँ बोनसदर निर्धारण गरेको हो । कम्पनीले बीमतिहरुलाई न्यूनतम २२ रुपैयाँदेखि अधिकतममा ८० रुपैयाँसम्मको बोनसदर दिने निर्णय गरेको छ । कम्पनीले सावधिक,सीमित अवधि भुक्तानी,सावधिक तथा बाल सावधिक बीमालेख अन्तर्गत ९ र्वो अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६७ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै सामूहिक सावधिक बीमालेख अन्तर्गत ९ र्वो अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ७० रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ र्वो अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । अग्रिम भुक्तानी तथा आजीवन९कल्पधन०बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ का लागि ५० रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ । अग्रिम भुक्तानी सावधिक बीमालेखका बीमितहरुले १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ, २० देखि २४ का लागि ४८ रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस पाउने छन् ।

Advertisement
Advertisement

सम्बन्धित समाचार