free website hit counter

कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न

beemaadmin
२०८१ माघ १३, आईतवार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बागचौर नगरपालिका–१, ठिनबाङ्गमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल र दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कृषकहरूको घरदैलोमा पुगेर कृषि तथा पशुपन्छी बीमाको महत्वबारे सचेतना कार्यक्रमलाई निरन्तरता दिने क्रममा सो कार्यक्रम सम्पन्न गरेको हो । छलफल कार्यक्रमको संयोजन सल्यान शाखा कार्यालयका प्रमुख अनुराग बोहराले गरेका थिए । शाखा प्रमुख अनुराग बोहराका अनुसार एक वर्षअघि सोही वडामा बीमा सम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो । जसले धेरै कृषकलाई बीमाको दायरामा ल्याउन मद्दत गरेको थियो । यसपटक पनि बीमा दाबी बापत २० जना कृषकलाई चेक हस्तान्तरण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि बागचौर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गङ्गाराम बस्नेतले कृषकहरूलाई बीमाको दायरामा ल्याउन गरिएको प्रयासको प्रशंसा गर्दै बीमाको महत्त्व सबैले बुझ्नुपर्ने बताए। बागचौर नगरपालिका पशु शाखा प्रमुख टेकबहादुर बस्नेतले सरकारले कृषकलाई बीमामा दिने ८० प्रतिशत अनुदानको सदुपयोग गर्न सुझाव दिएका थिए। साथै, सल्यानी बहुउद्देश्यीय कृषि फर्मका संचालक कृष्णबहादुर बस्नेतले बीमाको माध्यमबाट कृषकहरूले जोखिम न्यूनीकरण गर्नसक्ने बताए । कार्यक्रममा बयलडाँडा आमा समूहका अध्यक्ष प्रतिमा बिक, लालिगुराँस वन उपभोक्ता समितिका अध्यक्ष सुरेश बिक लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो। एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहराले बीमाको फाइदा र प्रावधानबारे सहभागीहरूलाई जानकारी गराउँदै कृषकलाई बीमाको दायरामा ल्याउन थप अभ्यास गरिने जनाए । कार्यक्रममा बागचौर नगरपालिका वडा नम्बर १ का विभिन्न टोलबाट ७४ जनाको सहभागीता रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई शाखा प्रमुखले धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार