काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा फागुन २७ गते अनमोल ब्यांक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले चुक्ता पुँजीको ८.७ प्रतिशतनगद लाभांश (करसहित) पारित गर्नेछ । लाभांका साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक टुंगो लगाउनेछ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १३ गतेसम्म कायम शेयरधनी मात्रै प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।