free website hit counter

को हुन् नेपालका लागि भारतीय राजदूत विनय ?

beemaadmin
२०७६ पुष २९, मंगलवार

काठमाडौँ । नेपाल मामिलालाई भारतले निकै महत्वका साथ हेर्र्दै आएको छ । त्यस्तै किसिमका क्षमतावान व्यक्तिलाई नेपाल हेर्ने कुटनीतिक जिम्मेवारी पनि दिँदै आएको छ । आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेर दिल्ली फर्किएका नेपालका लागि तत्कालिन भारतीय राजदूत मञ्जिलसिंह पुरीको स्थानमा भारत सरकारले नेपाल मामलाका जानकार विनयमोहन क्वात्रालाई नियुक्त गरेको छ ।

भारत सरकारको मन्त्रीपरिषद्को बैठकले क्वात्रालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । यसअघि विनय शक्तिशाली मुलुक फ्रान्सको राजदूत भएर सफलतापूर्वक कार्यकाल सम्हालेका छन् । विनय सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए। उनको एग्रिमो स्वीकृतिका लागि भारत सरकारले नेपालको परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकेको छ ।

३० वर्ष भारतीय विदेश सेवामा बिताएका विनयले प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा तथा विदेश मन्त्रालयमा नीति योजना तथा अनुसन्धान महाशाखाको महत्वपूर्ण जिम्मेवारी समेत कुशलतापूर्वक निभाइसकेका छन् । वित्तशास्त्रमा एमफिल गरेका  वियनय अमेरिका र भारतको अर्थराजनीतिका रणनीतिकार मानिन्छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार