free website hit counter

आज हिमालयन लाइफको साधारणसभा

beemaadmin
२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा फागुन ११ गते बस्दैछ । साधारण्भासभाले लाभांशसहितका प्रस्ताव पारित गर्नेछ ।
साभारणसभा अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान साढे १० बजेदेखि शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस शेयरमा लाग्ने कर भने शेयरधनीहरुले व्यहोर्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ । त्यसैले माघ २४ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् ।

सम्बन्धित समाचार