free website hit counter

सानिमा रिलायन्स लाइफको १५ लाख ६३ हजार बढी कित्ता शेयर बिक्रीमा

beemaadmin
२०८१ फाल्गुन १९, सोमबार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ लाख ६३ हजार बढी कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीका विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ। निवेदन काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार