free website hit counter

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

beemaadmin
२०८१ चैत्र ५, मंगलवार

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसभन्दा पहिलो गत चैत १ गते शुक्रबार सुनको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सो दिनको उचाईलाई ब्रेक गर्दै यस दिन सुनको मूल्यले नयाँ उचाई बनाएको हो। यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार