free website hit counter

आज पनि सुनको मूल्यमा भारि वृद्धि

beemaadmin
२०८१ चैत्र २८, शुक्रबार

काठमाडौं । चैत २९ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य दोस्रो दिन पनि भारि वृद्धि भएको छ । यसदिन सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो । सुनको मूल्यले हिजो बिहीबार कायम मूल्यलाई ब्रेक गरेर एतिहासिक रेकर्ड बनाएको हो । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएर रेकर्ड ब्रेक गरेको हो यस दिन चाँदीको तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार