free website hit counter

कान्तिपुरबाट भूषण दाहाल बीदा

beemaadmin
२०७६ माघ २, बिहीबार

काठमाडौं । टेलिभिजन पत्रकारिताका वादशाह मानिएका कान्तिपुर टेलिभिजनका एजीएम भूषण दाहालले एकाएक राजीनामा दिएका छन् । कान्तिपुर टेलिभिजनमा झण्डै १७ वर्ष योगदान गरेका दाहालले बीदा लिएपछि त्यहाँ ठूलै भुईचालो गएको छ । व्यवस्थापनसँगको विवादकै कारण उनको बहिर्गमन भएको बुुझिएको छ । माघ १ गतेदेखि लागू हुने गरी पुस २४ गते नै उनले राजीनामा बुझाएका थिए । यसबीचमा आधा दर्जनजति समाचार विभाग प्रमुख हेरफेर भए पनि दाहालको भने पद, सुविधा र प्रतिष्ठा बढ्दै आईरहेको थियो ।
भूषण दाहाल कान्तिपुरका एजिएम मात्र थिएनन्, उनी नेपाली टेलिभिजन पत्रकारिताका वादशाह पनि थिए । राम्रा राम्रा अफर गरिँदा समेत कैलास सिरोहियाको साथ नछाडेका दाहालले एकाएक राजीनामा दिएपछि आम पत्रकारमाझ चासोको विषय बन्न पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार