free website hit counter

घट्यो सुनको मूल्य

beemaadmin
२०८२ बैशाख १७, बुधबार

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। अक्षय तृतीयाको दिन सुन चाँदी खरिद गर्ने प्रचलन छ । यस दिन चाँदीको मूल्यको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँमा किनबेच भएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार