free website hit counter

मलमासले धकेल्यो ०७७ सालको दशैं

beemaadmin
२०७६ माघ ३, शुक्रबार

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष २०७७ को पर्वहरु निश्चित गर्दै पात्रो सार्वजनिक गरेको छ । सार्वजनिक पात्रोअनुसार असोजमा एक महिना मलमास परेकाले दशैं–तिहार करिब एक महिना पर धकेलिएको छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ भने कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजया दशमी टीका परेको छ।
तिहार कात्तिक २८ गतेदेखि शुरू हुनेछ। २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको पञ्चाङ्ग निर्णायक समितिद्वारा सार्वजनिक निर्णयमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् बिसं २०७७ सालका पर्वहरु
– घटस्थापना कातिक १ गते
– कातिक ७ गते गते फुलपाती
– ८ गते महाअष्टमी
– ९ महानवमी
– १० गते विजया दशमी अर्थात टीका
– २८ गते कागतिहार
– २९ बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपुजा
– ३० गते गोवर्धन र म्ह पुजा
– मंसिर १ गते गते भाइटीका
– बैशाख ११ गते मातातिर्थ औशी
– १४ गते अक्षय तृतीया,
– २५ गते बुद्ध जयन्ती,
– जेठ १९ गते गंगा दशहरा
– असार ७ गते आइतबार औशीको दिन खण्डग्रास सुर्यग्रहण
– असार २१ गते गुरु पुर्णिमा
– साउन १० गते नागपञ्चमी
– १९ गतेजनै पुर्णिमा
– २० गते गाईजात्रा
– २७ गते कृष्ण जन्माष्टमी
– भदौ ३ गते कुशे औशी,
– भदौ ५ गते हरितालिका तीज
– भदौ ७ गते ऋषी पञ्चमी
– भदौ १७ गतेदेखि सोह्श्राद्ध शुरु
– असोज १ गते सोह्रश्राद्ध सकिएलगत्तै मलमास शुरु
– मंसिर ५ गते छठ
– मंसिर २८ गते बाला चतुदर्शी,
– पुस १५ मा उद्यौली र तमु ल्होसार
– पुस ४ गते बिवाह पञ्चमी
– फागुन २७ गते शिवरात्री,
– चैत १५ गते होली
– २९ गते घोडेजात्रा पर्व
– आगामी वर्ष बैशाख २१ र २२ , जेठ १२ र असार ११ गते मात्रै ब्रतबन्धको साइत रहेको छ ।
– विवाहको साइत वैशाख १३, १४, १९, २०, २२, २३, २५, जेठ महिनामा ४, ५, १०, ३१ गते, असार ११, १३, १४, मंसिर १६, २१, २२ र २६ गतेका लागि मात्रै तोकिएको छ ।

सम्बन्धित समाचार